latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एजेन्सी
मुम्बई, १० पुस
गीत ‘बेशरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स(आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ ।

यशराज फिल्मस्का वितरक रोहन मल्होत्राका अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको फिल्मको रिलिजका लागि नौलो प्रविधि प्रयोग हुन लागेको हो ।

‘पठान आईसीई फम्र्याटमा रिलिज हुने पहिलो भारतीय फिल्म हुनेछ । आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्रिनका साथ रहनेछ । यो एक पेरिफेरल भर्सन हो । यसले दर्शकलाई रंग र गीतको शानदार अनुभव गराउनेछ । आईसीई फम्र्याट भारतको दिल्ली एनसीआरमा दुई पीवीआर सिनेमा साइटका साथ सुरुवात भएको थियो । यो फर्म्याटको फिल्म अवतारः द वे अफ वाटर थिएटरमा लागिरहेको छ । अब पठान त्यसको तयारीमा छ’ उनले भनेका छन् । फिल्म जनवरी २५ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय