latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, ८ पुस । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाउँदै नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई पत्र दिँदै नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा स्पष्ट पारिदिन आग्रह गरेका हुन् ।

पत्रको पूर्णपाठ

श्री सभापति ज्यु
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति,
सानेपा ललितपुर ।

विषय : स्पष्ट गरिदिनु हुन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आफ्नो १२ श्री महाधिवेशनको प्रक्रियामा रहेको व्यहोरा जानकारी गराउदै नेपाल विद्यार्थी संघको १२ औ महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने सन्दर्भमा आवश्यक जिल्ला अधिवेशन सम्पन्न गर्नको निमित्त संघको विधान २०२७ को साताैँ संशोधन २०७३ को धारा ३१ बमोजिम विविध कारणवश रिक्त रहेको स्थानमा ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी सम्बन्धित् जिल्ला कार्यसमितिको सिफारिस र समन्यवनमा नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा निम्नानुसार विषयहरू स्पष्ट पारिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

१. रिक्त स्थानको पूर्तिको सन्दर्भमा ३२ वर्षको उमेर हदबन्दी आकर्षित हुँदा वर्तमान समय या केन्द्रीय अध्यक्षको जिम्मेवारी प्राप्त गरेको मितिलाई आधार मान्ने बारे ।

२. नेपाल विद्यार्थी संघको प्रदेश, जिल्ला, क्षेत्र विश्वविद्यालय, क्याम्पस, पालिका लगायतका संरचनामा स्थानीय तहका जनप्रतिनिधि समेत रहेका विद्यार्थी नेताहरुको चयन र उम्मेदवारी बारे ।

नोट : नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयलाई मिति २०७२÷०८÷२८ गते प्राप्त नेपाली कांग्रेस, सोलुबुम्बु जिल्लाको पत्र अनुसार मिति २०७२÷०८÷२८ गते सोलुखुम्बु जिल्ला ने.वि संघको अध्यक्षको जिम्मेवारी श्री नविन बस्नेत ज्यु लाई दिएको र उहाँ र दुधकोशी गाउँपालिका वडा नं. २ को निर्वाचित वडा सदस्य ( जनप्रतिनिधी) रहेको मिति २०७२÷०९÷०७ गते दर्ता नम्बर १२२ ÷०७९ लिखित उजुरीको आधारमा बजेका मिति बाट यो विषय नेपाली कांग्रेस पार्टीले आधिकारीक जानकारी नआउन्जेलसम्म अध्यक्ष पदको काम कारवाही नगर्न÷नगराउन निर्देशन सहित अनुरोध गर्दछु ।

अध्यक्ष
दुजाङ शेर्पा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय