latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
आइतबार , साउन १७, २०८३

न्युज कारखाना

काठमाडौं, ८ पुस

विश्व साइकल यात्रामा निस्कन लागेका ज्ञान महर्जनलाई गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएले साइकल सहयोग गरेको छ । आईसीसीको सचिवालय काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महर्जनलाई कार्यकारी अध्यक्ष रविना थापा, आईसीसी सदस्य प्रदीप न्यौपाने लगाएतले साइकल हस्तान्तरण गरेका हुन् ।

एनसीसी चाइनाको सहयोगमा किनिएको साइकल हस्तान्तरण गरेपछि जुमबाटै जोडिएका चाइनाका अध्यक्ष रोहित अग्रवालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विश्व साइकल यात्री महर्जनले पहिलो पटक ग्रेटवाल अफ चाइनाबाट आफ्नो साइकल यात्रा सुरुको स्मरण गरेका थिए । विश्वव्यापीरुपमा समस्या बन्दै गएको ग्लोबल वार्मिङको विषयमा जनचेतना जगाउने र गैरआवासीय नेपालीहरुसँग पनि भेटघाट गर्ने उद्देश्यर रहेको बताए ।

कार्यकारी अध्यक्ष थापाले विभिन्न व्यक्तिहरुले एनआरएनएसँग अपेक्षा राखेको बताउँदै सकारात्मक कामका लागि संस्थाले सधै प्रोत्साहन गर्ने बताइन् । उनले विश्व साइकल यात्राका क्रममा गैर आवासीयहरुले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् ।

विश्वसाइकल यात्री महर्जनले जनवरी १५ तारिखबाट आफूले यात्रा सुरु गर्ने जानकारी दिए । जनवर १५ मा मलेसियाबाट यात्रा सुरु गर्ने बताउँदै अहिले
स्वीडेनको भिसा लगाउने प्रक्रियामा रहेको र भिसा लागेमा सेन्जन कन्ट्रीहुँदै भ्रमण गर्ने अन्यथा थाइल्याण्ड, लाओस, भेतनाम हुँदै यात्रा गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय