न्युज कारखाना
काठमाडौं, ८ पुस

सञ्चारमाध्यमले १९ वर्षपछि जेलमुक्त भएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजको तस्बिर खिच्न पाएनन् । जेलबाट छुटेको तस्बिर मिडियालाई खिच्न नदिन प्रहरीसँग उनले यसअघि आग्रह गरेको बताइएको थियो ।

शोभराजको आग्रहअनुसार प्रहरीले उनलाई मिडियासम्म पुग्न नदिएर अध्यागमन विभाग पुर्‍याएको छ । उनलाई जतिसक्दो चाँडो फ्रान्स डिपोट गर्ने विभागको तयारी छ ।

बुधबार सर्वोच्च अदालतले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय