latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
आइतबार , साउन १७, २०८३

पोखरा, ८ पुस । भर्खरै निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएको छ । नेपालका निजी क्षेत्रका दुई विमान कम्पनीले नयाँ विमानस्थलमा जहाज ओरालेका हुन् । जनवरी १ तारिखका दिनदेखि औपचारिक उद्घाटन गर्न लागिएको विमानस्थलमा बुद्ध र यतीले बिहीबार डेमो फ्लाइट गरेका हुन् ।

दुवै कम्पनीले हाल चालू अवस्थामा रहेको पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन् । दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो । दुवै विमान ७२ सिट क्षमताका हुन् ।

विमानमा पोखराका मेयरदेखि हवाई क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी र सन्चारकर्मीहरु यात्रु थिए । विमानका कर्मचारीलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान गरिएको नागरिक उयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय