latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा चट्याङ परेको छ । चट्याङका कारण विमान डरलाग्दो तरिकाले हल्लियो । विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न कठिन छ भन्ने लागेको थियो । घटना अजुर एयरलाइन्सको बोइङ १३७ विमानमा भएको हो । विमान तुफानमा फसेका बेला भयानक चट्याङ परेपछि फ्रि फल अर्थात तीब्र रुपमा तल खस्न थालेको थियो ।

विमान आकाशबाट फ्रि फल भएर तल खस्दै दक्षिण पश्चिमी रुसको ब्ल्याक सी रिसोर्टनजिकै पुगेको थियो । च्याङ पर्नुभन्दा पहिल्यै विमान तुफानमा फसेर सयौं फिट तल खसिसकेको थियो । त्यसपछि एक पर्यटकले विमानमा यात्रारत त्रसित यात्रुको अवस्था आफ्नो फोनमा कैद गरेका थिए । डेली मिररका अनुसार विमान एकातेरिनबर्गबाट उडेको थियो तर गम्भीर तुफान र चट्याङ परेपछि विमानलाई क्रास्नोडारमा आकस्मिक अवतरण गराइएको थियो ।

एक यात्रीले भने ‘यो निकै भयानक थियो ।’ अर्का एक यात्रुले आफूलाई अब जीवन अन्त्य हुने निश्चित भएको महसुस भएको बताउँदै आफूलाई विमान दुर्घटना हुन्छ भन्ने लागेको बताए । उनले भने ‘चट्याङको झट्काको कारण सामानहरु पूरै केबिनमा छरिएका थिए । यद्यपि चट्याङ परेपछि पनि पाइलटले चामत्कारिक रुपमा पुनः विमानलाई नियन्त्रणमा लिएका थिए । उनले निकै अविश्वसनीय आकस्मिक अवतरण गराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय