latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
आइतबार , साउन १७, २०८३

न्युज कारखाना

काठमाडौं, ७ पुस

नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकतत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् ।

क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो । ‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरी रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथिहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने । उनले थोरै भए पनि बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उदेश्यका साथ यो कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमका नेविसंघ क्याम्पस इकाई अध्यक्ष बिबेक तामाङ प्रमुख अतिथि रहेका थिए । यस्तै शंकरदेव क्याम्पसका नेताहरू भुवन ओझा, कृष क्षेत्री, रविन कार्की, पवन ऐर, निरज बेलवासे, गजेन्द्र बम, केशब जोशी, भुवन भाट, प्रमोद पण्डितलगायतले आफ्नो धारणा राखेका थिए ।

नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दवाव दिनुका साथै यस्तै रचनात्मक काम गर्दैजाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय