latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, ७ पुस

चीनमा कोभिड संक्रमणको अभूतपूर्व लहरको बारेमा आफू ‘धेरै चिन्तित’ भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुखले बताएका छन् । डब्लूएचओले सबैभन्दा जोखिममा रहेकाहरूको खोप दर तीब्र पार्न पनि आग्रह गरेको छ ।

‘गम्भीर रोगको बढ्दो रिपोर्टसँगै चीनको विकसित अवस्थाको बारेमा डब्लूएचओ धेरै चिन्तित छ’ डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले साप्ताहिक पत्रकार सम्मेलनमा भने । उनले रोगको गम्भीरता, अस्पताल भर्ना र गहन हेरचाह आवश्यकताहरूको विस्तृत जानकारीको लागि अपील गरे ।

‘डब्लुएचओले चीनलाई देशभरि उच्च जोखिममा रहेका मानिसहरूलाई खोप लगाउने प्रयासमा ध्यान केन्द्रित गर्न सहयोग गरिरहेको छ र हामी क्लिनिकल हेरचाह र यसको स्वास्थ्य प्रणालीको सुरक्षाको लागि हाम्रो समर्थन प्रस्ताव गर्न जारी राख्छौं’, उनले थपे ।

सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ । तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय