latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं : सर्लाहीको ईश्वरपुरकी एक युवतीले बाटोमा भे’टेको ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेकी छन्। ईश्वरपुर नगरपालिका-१२ घारीबथान घर भइ हाल लालबन्दी स्थित जनज्योति उच्च माविमा पढ्दै आएकी २० वर्षीया मनिषा वाइबाले बाटोमा भेटेको नगद ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई नै फि’र्ता गरेकी हुन्।

इलाका प्रहरी कार्यालय लालबन्दीको रोहवरमा वाइबाले रकम धनी लालबन्दी नगरपालिका- ८ की रञ्जना कुमारी लोलाई भे’टेको ५० हजार रुपैयाँ फिर्ता गरेकी हुन्। वाइबाले सोमबार दिउँसो लालबन्दी-७ स्थित जानकी मावि नजिकै ५० हजार रुपैयाँ भेटेकी थिइन्। आफूले कम्प्यूटर कक्षाबाट फर्किदै गर्दा स’डकमा सो रकम भे’टेको वाइबाले बताइन्।

सडकमा रकम भेटिएको विषय उनले तुरुन्तै आफ्ना शिक्षकलाई जानकारी गराएकी थिइन्। पछि उक्त रकम इलाका प्रहरी कार्यालय लालबन्दीमा लगेर बुझाइएको थियो । आफूहरुले गरेको अनुसन्धानका क्रममा उक्त रकम लालबन्दी कै रञ्जना कुमारी लोको भएको पुष्टि भएपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

प्रहरीको रोहवरमा रञ्जना कुमारी लोका भाइ निराजन लोलाई मनिषाले रकम हस्तान्तरण गरेकी हुन्। ‘यो इमानदारीताको एउटा नमूना हो,’ प्रहरी निरीक्षक थापाले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय