latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
आइतबार , साउन १७, २०८३

न्युज कारखाना
पोखरा, ७ पुस

गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । आफ्नो मातहतमा रहेका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्न लागेको हो । यहाँ प्रदेश मातहत रहेका सबै अस्पतालको क्षमता ३१५ बेड मात्रै छ । त्यसलाई बढाएर ९ सय पुर्‍याउने तयारी स्वास्थ्य मन्त्रालयको छ ।

उक्त प्रश्ताव बुधबारको मन्त्रिपरिषद् बैठकमा पास भएको हो । तर, आर्थिक दायित्व बढी हुने भन्दै थप अध्ययन गर्नुपर्ने प्रस्ताव छ । ‘१५ शय्यालाई २५, २५ लाई ५० बनाउने प्रश्ताव हो । बनाउन सके राम्रो हुन्छ,’ प्रबक्ता मणिभद्र शर्माले भने, ‘अहिले अध्ययन गर्नुपर्छ भन्ने निर्णय भएको छ । नीतिगत रुपमा पास भएको छ । यो सबैका लागि राम्रो निर्णय हो ।’

तर, कति खर्च लाग्छ भन्ने कुनै टुंगो छैन । कार्यकालको अन्तिममा नयाँ सरकारलाई बढी बोझ हुने निर्णय गर्न नहुने अधिकांश मन्त्रीहरुको सुझाव थियो । त्यसैले बजेटमा नगई नीतिगत निर्णयमात्रै गरिएको शर्माले सुनाए ।

उनका अनुसार ५० शय्याको धवलागिरी अस्पताल २ सय बेडको हुने छ । अन्य अस्पताल पनि सोही अनुपातमा स्तरवृद्धि हुने सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकले पर्यटनसम्बन्धी कार्यविधि पास गरेको छ ।

जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयलाई नै पर्यटनको कार्यालय मान्ने गरी प्राविधिक नियुक्त गर्ने निर्णय भएको हो । यसबाहेक प्रदेशको दलित सशक्तिकरण कार्यविधि पनि मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय