latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
आइतबार , साउन १७, २०८३

न्युज कारखाना
भैरहवा, ७ पुस
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना र हनिबाट ४ पुरुष र ५ महिला गरी ९ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सम्झाइबुझाइ गरेर छोडिएको उनले अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय