latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, ५ पुस

देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

कांग्रेसमा दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी महामन्त्री गगन थापाबीच भिडन्त हुने निश्चित भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट साझा उम्मेदवार थापा तय भएका छन् । मंगलबार बिहान लाजिम्पाट र सिंहदरबारमा बसेको इतर समूहको दुईवटा बैठकले सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।

इतर समूहमा नेता डा.शेखर कोइराला पनि इच्छुक थिए । तर, अन्तिममा उनले थापालाई दलको नेता प्रस्ताव गरे । आजै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोइरालाले थापाको नाम प्रस्तावक हुने भएका छन् । यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफू थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावक भएको बताएका छन् । संसदीय दलको नेता बन्न थापालाई शर्माले सघाउने भएका छन् ।

देउवा कांग्रेस सभापति हुन् । एउटै पार्टीमा सभापति र महामन्त्री दलको नेताका उम्मेदवार बन्नुलाई पुस्तान्तरणको रूपमा लिइएको छ । आजको भेलामा कोइरालाले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि आफूले थापालाई दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

कांग्रेसबाहेक अन्य दलमा यस्तो अभ्यास देखिन्न । कम्युनिस्ट पार्टीमा त अध्यक्षको विरुद्ध अरु कोही लाग्यो भने त्यसको राजनीतिक करियर नै समाप्त हुन्छ । त्यही भएर कम्युनिस्ट पार्टीमा अध्यक्षले जे इच्छा लाग्छ अरुले त्यसमा केही नसोची समर्थन जनाउनुपर्ने हुन्छ ।

कांग्रेसमा ८९ जना सांसद छन् । दलको नेता बन्न ४५ मत भए पुग्छ । निर्वाचनको परिणामअनुसार संस्थापन पक्षमा ५५ जना सांसद छन् । इतर समूहमा ३४ जना छन् । संस्थापन पक्ष बलियो हुँदाहुँदै पनि महामन्त्री थापाले सभापति देउवासँग दलको नेता भिड्न चाहनुलाई धेरैले सकारात्मक अभ्यासका रूपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय