latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बैंकक, ५ पुस

थाइल्याण्डको खाडीमा आएको आँधीमा १०० भन्दा बढी चालकदल बोकेको एक युद्धपोत पल्टिँदा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको थाई नौ सेनाले जनाएको छ ।
पावर कन्ट्रोलमा पानी आएपछि एचटीएमएस सुखोथाई युद्धपोत डुबेको थियो । नौसेनाले सेयर गरेको तस्बिरले लाइफ राफ्टमा बाँचेका केही चालक दललाई देखाइएको छ ।

७५ नाविकहरूलाई उद्धार गरेका र अझै ३१ जना समुन्द्रमा हराइरहेका अधिकारीहरूले बताएका छन् । युद्धपोतमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ ।

‘हराइरहेका व्यक्तिलाई हामी खोजिरहनेछौं’, नौसेना एक प्रवक्ताले बीबीसीलाई भने । बाँचेको खोजी गर्न खोजी टोलीहरूले रातभर उद्धार गरेका छन् ।
‘हाम्रो सेनाको इतिहासमा यो लगभग कहिल्यै भएको थिएन, विशेष गरी अझै सक्रिय प्रयोगमा रहेको जहाजमा’, प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्थर्डपलिनले बीबीसीलाई भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय