latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

काठमाडौ, ५ पुस

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वसदस्यद्वय दीपा राई र पुनम जर्घामगर नेपाली सेनाको ‘मिसन’ अन्तर्गत सुडान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा आवद्ध दुबै खेलाडी सोमबार राति दक्षिण सुडान प्रस्थान गरेका थिए ।

गत असोज पहिलो साता नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिपबाट दुई खेलाडीले औपचारिक सन्यासको घोषणा गरेका थिए । दुई खेलाडीसँगै इन्दिरा राईले समेत राष्ट्रिय टोली त्यागेको घोषणा गरेकी थिइन् ।

रक्षक पुनम र मिडफिल्डर दीपा ‘मिसन’ मा एक वर्ष रहनेछन् । फर्किएपछि दुबैले क्लब फुटबलमा ध्यान दिने बताएका छन् । दुई खेलाडीसँगै आर्मीकी सपना लामा मिसनमा पुगेकी हुन् ।

दीपा र पुनम दुबैले सन् २०१४ पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा डेब्यु गरेका थिए । पुनमले राष्ट्रिय टोलीबाट ३९ खेल खेल्दा दीपाले ३६ खेल खेलेर एक गोल गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय