latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बेइजिङ, ५ पुस

शून्य–कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । देश ठूला सहरहरुदेखि विशाल ग्रामीण क्षेत्रहरुमा फैलिएको संक्रमणको लहरका लागि तयारी भइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

झण्डै तीन वर्षदेखि भाइरस फैलावटलाई सरकारले कडा लकडाउन, सामूहिक परीक्षण र सम्पर्क ट्रेसिङ जस्ता उपाय चाल्दै आएको छ । तर, प्रतिबन्धविरुद्ध देशभर व्यापक प्रदर्शनपछि सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएको थियो । प्रतिबन्धका कारण दैनिक जनजीविन कष्टकर बनेको थियो ।

सरकारले प्रतिबन्ध खुकुलो बनाए पनि जोखिमविरुद्ध जुध्न यथेस्ट तयारी नभएको विज्ञहरूले चेतावनी दिएका छन् । वृद्धबृद्धाको खोप दर सशक्त पार्न, अस्पताल र गहन हेरचाह क्षमता बढाउन र एन्टिभाइरल औषधिहरू भण्डार गर्न देशको तयारी पर्याप्त नभएको उनीहरूले चेतावनी दिएका छन् ।

हङकङ विश्वविद्यालयका तीन जना प्राध्यापकहरूले अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउदा प्रत्येक १० लाखमा ६८४ जनाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेका छन् । चीनको एक अर्ब ४० करोड जनसंख्यालाई हेर्दा यो ९ लाख ६४ हजार चार सय मृत्यु हो ।

संक्रमण बृद्धिले देशभरि धेरै स्थानीय स्वास्थ्य प्रणालीलाई बोझ पर्ने अनुसन्धानमा जनाइएको छ । अध्ययन मेडर्सिभ प्रिप्रिन्ट सर्भरमा सार्वजनिक गरिएको छ ।

–सीएनएन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय