latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, ५ पुस

ट्विटर इंकका प्रयोगकर्ताहरूले इलोन मस्कलाई सामाजिक प्लेटफर्मको प्रमुखको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिन मत दिएका छन् । मस्कलाई ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिनुपर्ने पक्षमा प्रयोगकर्ताले मतदान गरेका हुन् । यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए ।

कुनै स्पष्ट उत्तराधिकारी नभए पनि १ करोड ७५ लाख मतमध्ये करिब ५८ प्रतिशत मस्कले नेतृत्वको भूमिकाबाट पछि हट्नु पर्ने पक्षमा थिए ।

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन् । झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन् ।

मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

ट्विटरको सीईओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको मस्कले बताएका थिए । उनले हालै आफ्नो अन्य कामहरूलाई बेवास्ता गरेकोमा विशेष गरी टेस्लाका प्रमुख शेयरधारकहरूले आलोचनाको सामना गर्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय