latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
बुटवल, ५ पुस

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा पार्टीले कुनै सिट जित्न नसकेको भन्दै उनले राजीनामा दिएका छन् ।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्ज समेत रहेका नेता खांँले सोमबार सांँझ एक विज्ञप्ती जारी गर्दै रुपन्देहीमा पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेकाले इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

समानुपातिकतर्फ पनि २०७४ को निर्वाचनमा पाएको मत भन्दा धेरै मत घटेको र प्रतिनिधिसभातर्फ मुस्लिम क्लस्टर ‘कोल्याप्स’ भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । आफ्नो राजीनामाबाट पार्टीमा पर्न गएको असरप्रति उनले क्षमा याचना समेत गरेका छन् । रुपन्देहीमा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन नै क्लिन स्वीप भएको थियो भने माओवादी केन्द्र प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा क्लिन स्वीप भएको थियो ।

जिल्लाको मत परिणामलाई लिएर यसअघि काँग्रेसका पनि एकदर्जन नेताहरुले विज्ञप्ती निकालेर काँग्रेस जिल्ला नेतृत्वको राजीनामा मागेका थिए । उनीहरुले पराजयको नैतीक जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने समेत बताएका थिए । निर्वाचन परिणामलाई लिएर काँग्रेस रुपन्देहीभित्र देखिएको असन्तुष्टी अहिले पनि कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय