latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, ४ पुस
गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।

गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो ।

अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुनरागमनलाई सशक्त बनाएपछि खेल थप रोमान्चक बनेको थियो ।

त्यसपछिको अतिरिक्त समयमा पनि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय पेनाल्टी सुटआउटमा मात्र भएको थियो जसमा अर्जेन्टिनाले फ्रान्सेली टोलीलाई हराएको थियो ।

यसैबीच, गुगलको ‘इयर इन सर्च २०२२’ रिपोर्टअनुसार फिफा वर्ल्ड कप भारतमा तेस्रो धेरै खोजिएको विषय बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय