latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

काठमाडौं, ४ पुस । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका :

१. निर्वाचन हुने पद : नेपाली कांग्रेस संसदीय दलको नेता ।
२. मतदाता नामावली प्रकाशन : २०७९ पौष ४ गते दिउँसो २ः०० बजे ।
३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने) २०७९ पौष ४ गते २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४. दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने : २०७९ पौष ४ गते दिउँसो ४ः०० वजे ।
५. उम्मेदवारको लागि दरखास्त : २०७९ पौष ५ गते विहान ८ः०० वजेदेखि १०ः०० वजेसम्म ।
६. उम्मेदवारको प्रथम नामावली प्रकाशन : २०७९ पौष ५ गते विहान १०ः३० वजे । ७. उम्मेदवारको दरखास्त उपर दावी विरोधी : २०७९ पौष ५ गते विहान ११ः०० वजेदेखि ११ः३० वजेसम्म ।
८. दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो १२ः०० वजे ।
९. उम्मेदवारले नाम फिर्ता लिने : २०७९ पौष ५ गते दिउँसो १२ः३० वजेदेखि दिउँसो २ः३० वजेसम्म ।
१०. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो ३ः००
बजे ।
११. मतदान : २०७९ पौष ६ गते विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय