latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, ४ पुस

संसद् सचिवालयले आगामी शुक्रबारसम्म प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाउने तयारी थालेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पहिले पद तथा गोपनीयताको सपथ खुवाएपछि उनले सबै सांसदलाई सपथ खुवाउने भएका छन् ।

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले ७ वा ८ पुसमा सपथ खुवाइसक्ने बताएका छन् । संसद् सचिवालयले मंगलबारसम्म ज्येष्ठ सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

अहिले सचिवालयले निर्वाचन आयोगसँग प्रतिनिधिसभा सदस्यको विवरण मागेको र तीमध्ये ज्येष्ठ सदस्यको नाम छनोट गरेर राष्ट्रपतिसमक्ष पठाउने गृहकार्यमा सचिवालय जुटेको छ । सांसदहरूलाई सपथ खुवाउन दुई तीन दिनअघि नै सूचना जारी गर्नुपर्ने हुन्छ । किनकि प्रतिनिधिसभा सदस्यमा विभिन्न जात, समुदाय, क्षेत्रबाट सांसदहरू निर्वाचित भएर आएका छन् । उनीहरूले आफ्नै मातृभाषामा सपथ लिन चाहेमा संसद् सचिवालयले सोहीअनुसारको सपथ पत्र तयार गर्नुपर्ने हुन्छ ।

तर, अहिलेसम्म ज्येष्ठ सदस्य को भन्ने अझै स्पष्ट भइसकेको छैन । नागरिकताअनुसार महिन्द्र राय यादव ज्येष्ठ सदस्य हुन् । उनको उमेर ८५ वर्ष छ । तर, उनले त्रुटिका कारण आफ्नो उमेर नागरिकतामा बढी भएको र सच्याउन निवेदन दिएका छन् । उनले निर्वाचन आयोगले अझैसम्म आफ्नो उमेर नसच्याएको भन्दै नैतिकताका आधारमा ज्येष्ठ सदस्यका रूपमा शपथ नलिने बताएका छन् ।

यादवपछि राप्रपाका समानुपातिक सांसद पशुपतिशमशेर राणा ज्येष्ठ सदस्य छन् । यदि यादवले सपथ नखुवाएमा राप्रपा सांसद राणाले सबैलाई पद तथा गोपनीयताको सपथ खुवाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय