latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

केहि दिअघि काठमाडौँबाट विराटनगर तर्फ उडेको बुद्धएयरको प्लेनमा आकस्मिक समस्या देखिएपछि सफतापुर्वक सुरक्षित ल्याण्डिङ गराएका पाइलट आंगेलु शेर्पा र पेमा लामालाई उडान गर्न रोक लगाइएको छ ।

 

नागरिक उड्डयन प्राधिकरणले बुद्धएयरका पाइलट आंगेलु शेर्पालाई उडान भर्न रोक लगाएको हो । उक्त दिन के भएको थियो र किन प्लेनमा समस्या देखिएको भन्दै घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ ।

 

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । उनले भने, ‘यो नियमित पक्रिया हो ।

 

गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो। सो विमान पाइलट आंगेलु शेर्पा र पेमा लामाले चलाएका थिए । विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो ।

 

पुस्तक दिएपछि पेमासँग प्रेमः पेमा लामालाई नेपालकै सुन्दरी पाइलटका रुपमा चिनिन्छ । विगत ९ वर्षदेखि बुद्धएयरको जाहान उडाउदैँ आएकि पेमा नेपालकै २९ महिला पाइलट मध्यकि एक हुन् । ३० वर्षिया पेमा सोलुको फाप्लुमा जन्मिएकि हुन् । छोरी पाइलट भइदिए हुन्थ्यो भन्ने बुबाको चाहनालाई आत्मशात गर्दै पेमा पाइलटको पढाईमा लागेकि थिइन् । पेमाले आंगेलु शेर्पासँग पाईलट पढाई र पेशाका बारेमा जानकारी लिएकि थिइन् । उक्त समयम आंगेलु बुद्धएयरमै कार्यरत थिए । आंगेलुले ‘फ्रम द ग्राउण्ड अफ’ पुस्तक पेमालाई पढ्न दिए । तीनै आंगेलुसँग पेमाको विवाह भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय