latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
चितवन, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा सहमति भएको दाबी गरेका हुन् ।

गठबन्धन बनाउँदा आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति भएको दाबी गरेका प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको बताए ।

यद्यपि, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा प्याकेजमा सहमति खोजेर गठबन्धन अघि बढ्ने प्रचण्डको भनाइ छ ।

आफू प्रधानमन्त्री हुनुपर्छ नै भन्ने कुनै अडान नरहेकोसमेत बताएका प्रचण्डले गठबन्धनभित्र छलफल गरेर शक्ति बाँडफाँट गर्दै अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय