latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
कैलाली, ३ पुस

प्रहरीले कैलालीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट एक किलो २ सय ग्राम र रोकायाको साथबाट आठ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, दाङ, लमही नगरपालिका–८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्रामसहित घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुनसमेत दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रा१प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय