latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, ३ पुस । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो ।

चिकित्सकका अनुसार उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् । चिकित्सकले फिल्म हेरिरहँदा उनमा अति उत्साह भएपछि हृदयघात भएको थियो ।

लक्ष्मी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन् । फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पु¥याइएको थियो । जहाँ चिकित्सकले उनको निधनको घोषणा गरेको थियो ।

उनी विवाहित थिइन् र एक छोरा र छोरी थिए । सन् २००९ मा पनि ताइवानमा एक ४२ वर्षे व्यक्तिको ‘अवतार’ हेरिरहँदा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय