latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, ३ पुस

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालमा तेक्वान्दो खेलको सुरुवात र विकासबारे चर्चा गरिएको छ । नेपालमा तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनले लेखेको ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तकमा तेक्वान्दोबारे इतिहास समेटिएको छ ।

पुस्तकमा नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जेके शिनको योगदान र यसमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरूको भूमिकाबारे चर्चा गरिएको छ । नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने पुस्तकमा रोचक जानकारी दिइएको छ ।

क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगेडियर जनरल डा. सुधा सेन मल्ल, लेफ्टिनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र इन्द्र गुरुङ चिफ ग्रान्ड मास्टर जेके शिनका शिष्यहरू हुन् । नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडियर जनरल डा. मल्ल हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जेके शिनले गरेको योगदान सदैव अविस्मरणीय रहने बताए । ‘ओलम्पिकमा हाम्रो नेपाल पछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ । तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरूको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने ।

पूर्वमन्त्री केशरबहादुर विष्टले जेके शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । नेपाल तेक्वान्दो एसोसिएसनका उपाध्यक्ष एवं पूर्वमन्त्री किसान श्रेष्ठले यस खेलको विकासका लागि आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

चिफ ग्रान्ड मास्टर जेके शिनले नेपालमा मार्सल आट्र्सले जीवनलाई सधैँ ताजा र जीवन्त राख्ने सन्देश दिए । उनले तत्कालीन समयमा जुन स्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो, त्यसमा आएको ह्रासप्रति चिन्ता ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय