latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, ३ पुस

लियोनल मेसीले पहिलो पटक जित्छन् ? या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् ? यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ ।

कतार दोहास्थित लुसेल मैदानमा फिफा विश्वकप २०२२ को फाइनल हुँदैछ । नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे खेल सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रोपटक च्याम्पियन हुने दाउमा छन् ।

३५ वर्षीय मेसी सातपटक बालोन डि ओर उपाधि जितेका छन् । व्यावसायिक फुटबलमा सबै उपलब्धि हासिल गरेका मेसीले विश्व च्याम्पियन हुन सकेका छैनन् ।

सन् २०१४ मा अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने योजनामा थियो । तर, फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित हुन पुग्यो । सन् १९७८ र सन् १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिना ३६ वर्षयता पहिलोपटक उपाधि जित्ने अभियानमा छ ।

फ्रान्स तेस्रोपटक उपाधि जित्ने योजनामा छ । टोलीका प्रशिक्षक डिडियर डेस्चाम्प्सले सन् १९९८ मा टोलीलाई च्याम्पियन बनाएका थिए । सन् २०१८ मा फ्रान्स डेस्चाम्प्सकै प्रशिक्षणमा दोस्रो पटक विजेता भयो । २३ वर्षीय एम्बाप्पेको उच्च प्रदर्शनसँगै फ्रान्स तेस्रोपटक उपाधि हात पार्ने दाउमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय