latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, ३ पुस

मुटुसम्वन्धी समस्याले ग्रसित खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाका २२ वर्षीय देउकुमार राईलाई उपचार सहयोग जुटेको छ । हाल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचार गराइरहेका देउकुमारका लागि चिसापानी घर भई हाल यूके रहेका भूपू गल्लावाल समाजसेवी टंकबहादुर राईको पहलमा एक लाख १० हजार ९०० रुपैयाँ सहयोग जुटेको हो ।

आफ्नै गाउँठाउँका युवालाई मुटुको समस्या भएपछि उपचारका लागि अस्पताल पुगेको खबर सुनेपछि भूपू गल्लावाल राईले आफू, आफ्नो आफन्त र अन्य सहयोगीबाट उपचार खर्च उठाएर पठाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए ।

सिंगापुर प्रहरीबाट अवकाश लिएर केही दिनका लागि नेपाल आएका समाजसेवी सन्तोष राईले उक्त रकम अस्पतालमै पुगेर देउकुमारलाई हस्तान्तरण गरेका छन् । सानैदेखि मुटुको समस्याले पिडित देउकुमारलाई थप समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय