latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, ३ पुस
मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसियाले कतार फिफा विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को जिभार्डिओल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे । मोरक्कोको लागि अचराफ डारीले एक गोल फर्काए ।

पहिलो हाफको ९ मिनेटमै दुई गोल हुँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर, पहिलो हाफमा तीन गोल भएपनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

खेलको सातौं मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । इभान पेरिसिकको पासलाई जोस्कोले हेड गोल गरे । पहिलो गोल भएको दुई मिनेट पछि नै अचराफले हेडमार्फत बराबरी गोल गरेका थिए । ४२औं मिनेटमा ओर्सिचले गोल गर्दै खेलमा क्रोएसियालाई विजयी बाटो डो¥याएका थिए ।

जितसँगै सन् २०१८ को उपविजेता क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थानमै चित्त बुझाएको छ । पहिलो पटक सेमिफाइनल पुग्ने अफ्रिकन राष्ट्र बनेको मोरक्को चौथो स्थानमा रह्यो ।

आइतबार हुने फाइनलमा खेलमा दुई पटका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसेल मैदानमा हुने खेलमा पौने ९ बजे हुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय