latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
सुर्खेत, २ पुस

५० शय्या विस्तारसँगै मेहलकुना अस्पतालका लागि ६ वर्षअघि नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण थालिए पनि अहिलेसम्म पनि पुरा भएकाे छैन ।

आव २०७३/०७४ मा २८ करोड लागत अनुमान गरिए पनि निर्माण कम्पनीले २१ करोड १६ लाखमा ठेक्का सम्झौता गरेकाे थियो । कम रकममा सम्झाैता गरेकै कारण भवन निर्माण ढिला भएकाे स्थानीयकाे आराेप छ। तीन वर्षमा सक्ने सम्झाैता भए पनि हालसम्म ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको हाे ।

आव २०७/७७ मा भवन निर्माण सक्ने लक्ष्य लिए पनि अझै ४० प्रतिशत काम बाँकी नै छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनका पाँच ब्लक छन् । समयमै निर्माण नसकिँदा चौतर्फी आलोचना र गुनासो बढिको छ ।

भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए । उनले पटक पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण अलपत्र परेको बताए । सदस्य नेपालीले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको हाे, करोडौँको योजनामा झारा टार्ने शैलीमा काम भइरहेकाे छ ।’

५० शय्या क्षमता भए पनि २२ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ ०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो ।

अब पनि ढिला गरे ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताए ।

तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय