latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
न्युयोर्क, २ पुस

संयुक्त राष्ट्रसंघले केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ । यसअघि युरोपेली युनियनले पनि विरोध जनाएको थियो ।
ट्वीटरले न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका पत्रकारलगायतका खाता बन्द गरेको थियो ।

मिडिया स्वतन्त्रता ‘खेलौना नभएको’ संयुक्त राष्ट्रसघले ट्वीट गरेको छ भने ईयूले ट्विटरलाई प्रतिबन्धको धम्की दिएको छ ।

ट्विटरका प्रवक्ताले अमेरिकी प्रविधि समाचार वेबसाइटमाथिको प्रतिबन्ध लोकेसन डाटाको लाइभ सेयरिङसँग सम्बन्धित रहेको बताए।
विश्वव्यापी सञ्चारका लागि संयुक्त राष्ट्रसंघका महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्विटरबाट मनोमानी ढंगले निलम्बन गरिएको रिपोर्टले गहिरो विचलित भएको बताइन्।

‘मिडिया स्वतन्त्रता खेलौना होइन’ उनले भनिन्, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र हानिकारक विकृति विरुद्धको लडाईमा एक प्रमुख उपकरण हो ।’

न्यूयोर्क टाइम्सका प्रवक्ताले निलम्बनलाई ‘संशयास्पद र दुर्भाग्यपूर्ण’ भने ।

मस्कले आफ्नो निजी जेट ट्र्याक गर्ने प्रोफाइलको मालिकलाई मुद्दा हाल्ने वाचा गरेपछि निलम्बन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय