latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना

लन्डन, १ पुस

भूतपूर्व गोर्खाहरूको मुद्दामा बेलायत र नेपालबीच जारी वार्तामा प्राविधिक स्तरको बैठक सम्पन्न भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार दुई छुट्टाछुट्टै सत्रमा वेल्फेयर र पेन्सनका विषयमा छलफल भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।

दूतावासले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै वैठकमा भूपूगोर्खाहरूको औषधि उपचार, शिक्षा, रोजगारीलगायत कल्याणकारी विषयमा छलफल भएको जनाएको छ । बैठकमा नेपाली पक्षले उठाएका मागका सम्बन्धमा बेलायतस्थित रक्षा मन्त्रालयका पदाधिकारीहरूले आगामी दिनमा थप छलफल गर्न तयार रहेको बताएका थिए ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावासका सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल र भूपूगोर्खाको तर्फबाट जुद्धबहादुर गुरुङ, टिकेन्द्र देवान, उदयबहादुर गुरुङ, केशबहादुर गुरुङ र धर्म तामाङ सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय