latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

खोटाङ,१ पुस । मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन् । काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन् । पेमा गाउँकै दाजुपर्ने दोर्जे भनिने धनबहादुर तामाङसँग मनाङ गएका थिए ।

गत १० जेठ २०७९ सम्म श्रीमती निर्मला तामाङसँग सम्पर्कमा रहेका पेमा रहस्यमय तरिकाले बेपत्ता भएका हुन् । धनबहादुरले १६ जेठमा फोन गरेर पेमा हराएको भन्दै खबर गरेको श्रीमती निर्मलाले बताईन् ।

श्रीमती निर्मलाले बेपत्ता श्रीमानको खोजीका लागि इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा २५ जेठमा जाहेरी दिएकी छन् । तर, हालसम्म पेमाको अत्तोपत्तो लाग्न नसकेको छैन । अन्तिम फोन सम्पर्कमा पेमाले श्रीमतीलाई एक लाख ५० हजारको काम जिम्मा लिएको त्यसमध्ये खानामा ५० हजार खर्च हुने र बाँकी रहेको एक लाख धनकुमारसँग बाँडेर घर पठाउने बताएका थिए ।

११ जेठमा श्रीमानलाई फोन गर्दा धनबहादुरले उठाएको र ‘अहिले यहाँ छैन, आएपछि फोन गर्छु’ भन्दै राखेको निर्मलाले बताइन् । १६ जेठमा भएको सम्पर्कमा धनकुमारले १३ जेठ रातीदेखि पेमा बिरामी परेको, ब्यूँझिएर हेर्दा नदेखिएको, खोज्दै जाँदा मर्स्याङ्दी नदीको पुलको जिपमा ज्याकेट भेटिएको तर मान्छे नदेखिएको जानकारी दिएका थिए । पेमाका परिवारले घटनालाई शंकास्पद मानेका छन् ।

पेमा बेपत्ता भएको विषयमा जिल्ला प्रहरी कार्यालय मनाङमा उजुरी परेपछि सर्जमिन मुचुल्का गरी मिसिल तयार पारेर धनकुमारलाई केही दिन नियन्त्रणमा लिएर छाडिएको थियो ।

पेमाको दुई छोरा र एक छोरी छन् । घर सम्हाल्दै आएकी निर्मलाले पनि गिट्टी कुटेर बेचेको पैसाले छोराछोरीका लागि पढाइ खर्च जुटाउने गरेकी छन् । नाजुक आर्थिक अवस्था भएकै कारण पेमा मजदुरीका लागि मनाङ पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय