latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
पोखरा, २७ मंसिर

नेकपा एमालेले समानुपातिकतर्फ १० सीट पाएको गण्डकीमा २ जिल्लाका मात्रै अधिकांश सांसद छनोट भएका छन् । कास्कीका ४ र बागलुङका ४ जना सांसद छन् । बाँकी २ जनामध्ये एकजना स्याङजा र अर्को एकजना लमजुङबाट समेटिएका छन् ।

११ जिल्ला रहेको यहाँ एमालेले ४ जिल्लाबाट मात्रै सांसद छान्यो । सांसद छनोटमा एमालेबृत्तमै असन्तुष्टि देखिएको छ । गोरखाबाट आदिवासी जनजाति क्लष्टरको दोश्रो नम्बरमा रहेका प्रेम गुरुङलाई हटाएर खस आर्यतर्फ २ नम्बरमा रहेका कास्कीका प्रकाश केसीलाई समावेश गरेको भन्दै एमालेकै नेता कार्यकर्ताले विरोध गरेका छन् ।

गोरखाका ११ वटै स्थानीय तहका अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्ष बालकोटमा डेलिगेसन गएका छन् । प्रत्यक्ष तर्फ पनि खसआर्य बढी निर्वाचित भएको भन्दै उनीहरुले समानुपातिकबाट आदिवासीलाई प्राथमिकता दिनुपर्ने बताए ।

१२ सीटमा प्रत्यक्ष चुनाव जितेको एमालेका ८ जना खसआर्य समूहका छन् भने आदिवासी जनजातिबाट ३ जना मात्रै छन् । त्यसैले समानुपातिकमा आदिवासीलाई प्राथमिकता दिनुपर्ने नेताहरुको माग छ ।

यस्तै, राप्रपामा पनि प्रदेश अध्यक्ष सांसद भएपछि विरोध सुरु भएको छ । प्रदेशका अध्यक्ष पन्चराम गुरुङले पैसा बुझाएर सांसद बनेका आरोप राप्रपामा छ । ‘पैसा बुझाएर सांसद बन्न पाईंदैन,’ एक नेताले भने, ‘पार्टीमा दुख गरेका धेरै साथीहरु हुनुहुन्छ । अरुलाई अवसर दिनुपर्छ ।’ राप्रपाका नेता कार्यकर्ताले नै पार्टीको प्रदेश कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय