latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
साना, २७ मंसिर
यमनको गृहयुद्धमा ११ हजारभन्दा बढीको बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

करिब आठ वर्ष अघिदेखि चर्किएको ११ हजार भन्दा बढी बालबालिका मारिएका वा अपांग भएका संयुक्त राष्ट्रसंघले सोमबार जनाएको हो । द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने पनि राष्ट्रसंघले आँकलन गरेको छ । ‘यस द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने सम्भावना छ’, राष्ट्रसंघीय बाल निकाय युनिसेफले भनेको छ ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, ‘हजारौं बालबालिकाले आफ्नो ज्यान गुमाइसकेका छन् । हजारौँ अझै रोकथाम गर्न सकिने रोग वा भोकमरीबाट मृत्युको जोखिममा छन् । ’ पाँच वर्षमुनिका झन्डै २२ लाख यमनी बालबालिकाहरू कुपोषित भएका उनीहरुमध्ये धेरैजसो हैजा, दादुरा रोगहरूको चरम जोखिममा रहेका पनि युनिसेफले जनाएको छ । सन् २०१४ मा यमनको युद्ध सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय