latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

काठमाडौं, २६ मंसिर । राष्ट्रिय महिला आयोगले ज्यास्मिन ओझा र विनु यादवलाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको छ ।

हिंसा पीडित विनु यादवको न्यायिक लडाइँमा साथ दिँदा आफूमाथि शारीरिक र मानसिक आक्रमण भएकाले शान्ति सुरक्षाको माग गर्दै ओझाले दिएको निवेदनउपर सुनुवाइ गर्दै आयोगले दुवै जनालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई बोधार्थमा राखेको पत्र जिल्ला प्रशासन रामेछापलाई पठाएको आयोगले विनु यादव पीडित रहेको मुद्दाको २७ मंसिरमा रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा उनलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाउन पनि आदेश दिएको छ ।

श्री जिल्ला प्रशासन कार्यालय,
रामेछाप ।

विषयः शान्ति सुरक्षा प्रदान गरिदिने सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा काठमाडौं जिल्ला बस्ने जस्मिन ओझालाई पछिल्लो विनु यादव नामक पीडितको न्यायिक लडार्इंमा साथ दिइरहेकोमा आफ्नो र निज पीडित विनु यादवको जिउज्यानको असुरक्षा भएकाले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनुहुन भन्ने व्यहोराको जानकारी यस आयोगमा प्राप्त हुन आएको छ । निज विनु यादव पीडित रहेको मुद्दाको मिति २०७१।०८।२७ गते सम्मानित रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा निज पीडितहरुलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाइदिनुहुन र निज पीडितहरुलाई शान्ति सुरक्षा प्रदान गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।

(वर्षा ढकाल) शाखा अधिकृत

बोधार्थः

गृह मन्त्रालय, सिंहदरबार, काठमाण्डौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय