latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

बुटवल, २६ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अमिन पदमा कार्यरत ईश्वरी भण्डारीमाथि आफ्नै कार्यकक्षमा हातपात भएको छ । आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निबासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् ।

उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो । तर, काफ्लेले आफ्नो घर सानो भएकोले ६ धुरमै बनाउन अनुमति नदिएको विषयमा हात पात गरेको नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले जानकारी दिएको छ ।

संगठनले विज्ञप्ति निकालेर भण्डारीमाथि हातपात गरी घाइते बनाएको घटनाप्रति निन्दा एवं भर्त्सना गरेको छ । संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तिमा कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणको लागि आवाज उठाइरहेको अवस्थामा कार्यस्थलमै आपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।

साथै विज्ञप्तीमा आपराधिक घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै घाइते भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।

यसैबीच उक्त घटनाप्रति तिलोत्तमा नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् । उनीहरुले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् ।

यस विषयमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले कार्यालयभित्रै कर्मचारीमाथि हातपात हुनु निन्दनीय भएको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय