latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ २६ मंसिर
विचौर सिंदी पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडकखण्डको कालोपत्रे योजना दूधपोखरी गाउँलिकाको सामघडेरीमा पूर्व मन्त्री एवं नेकपा माओबादीका महासचिव देव प्रसाद गुरुङले हालै शिलान्यास गरेका छन् ।

माओबादी नेता देव प्रसाद गुरुङले आफ्नो कार्यकालमा रेडबुकमा समावेश गरेको एक संघीय निर्वाचन क्षेत्र एक रणनितिक सडक अन्तर्गतको उक्त सडकले कुनाघाट– विचौर– भुम्लीचोक– फुलङ्गिरी– जोर्ने– गौंडा–मञ्ज्याङ– नौथर– शेरा– चिति– तिलाहार– बाँझाखेत– वेसीशहर– बाग्लुपानी– कपुरगाउँ– मालिङ– भोजे– पसगाउँ हुँदै सिंदी जोडेको छ ।

२०७६ सालदेखि स्थानीय पूर्वाधार विकासअन्तर्गत आउने बजेट काटिएपछि प्रत्येक निर्वाचन क्षेत्रमा एक एक सडक निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।

सडकको उद्घाटन गर्दै प्रमुख अतिथि देव प्रसाद गुरुङले यो सडकमा कुनाघाटमा एउटा पूल निर्माण गरिदिंदा सडकले गोर्खा सम्म जोड्न सक्छ भन्ने योजना लिएर काम शुरुवात गरिएको बताए ।

नेता गुरुङले आफूले प्रतिनिधि सभा सदस्य रहँदा जिल्लाको विकासको लागि आफू लागि परेको बताउँदै जिल्लाको भूगोल पूर्व पश्चिम फैलिएको र सदरमुकामलाई समेत जोड्ने गरेर यो सडकको अवधारणा ल्याएको बताए ।

उक्त पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडक योजना ४० करोड रुपैयाँको लागतमा वहुवर्षिय ठेक्का अन्तर्गत बन्न लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय