latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, २६ मंसिर

एलन मस्कको कम्पनी ट्विटरले सोमवारबाट (आज) आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ । ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ । ट्विटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी सुरु गर्नेछ । यसको मूल्य एन्ड्रोइड यूजरका लागि ८ अमेरिकी डलर र आईफोन यूजरका लागि ११ डलर प्रति महिना तोकिएको छ। मस्कले आईफोन युजरका लागि ट्विटर ब्लू सब्सक्रिप्सन सेवाको मूल्य बढाएका हुन् ।

एप्पलले ३० प्रतिशत आईओएस एपबाट पैसा असुल्ने गरेको कारण देखाउँदै मूल्य बढाएको ट्विटरको तर्क छ। ट्विटर बिजनेस एकाउन्ट र सरकारी एकाउन्टका लागि अलग्गै चेकमार्क ल्याउने तयारीमा छ ।

सुविधाहरू
कम्पनीका अनुसार, ‘हामी सोमवार ट्विटर ब्लुलाई फेरि सार्वजनिक गर्दैछौं । वेबमा ८ डलर प्रति महिना र आईओएसमा ११ डलर प्रति महिनाको दरले सब्सक्राइभ गर्नुहोला । यसमामात्र सब्सक्राइबरका लागि उपलब्ध सुविधाको फाइदा उठाउन सकिन्छ, जसमा ब्लू चेकमार्क पनि समेटिएको छ ।’

सब्सक्राइब गर्ने प्रयोगकर्ताले आफ्नो ट्विट एडिट पनि गर्न पाउँछन् । साथै १०८० पी को भिडियो अपलोड, रिडर मोड र एउटा नीलो चेकमार्क पनि पाउँछन्। यसबाहेक बिजनेस एकाउन्टका लागि गोल्डेन अफिसियल लेबल र सरकारी अकाउन्टका लागि एउटा ग्रे चेकमार्क पनि आउने ट्विटरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय