latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
ढाका, २४ मंसिर

इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न नियोजित जुलुसको एक दिनअघि प्रहरीले बंगलादेशको प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेतालाई पक्राउ गरेको छ ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री तथा पार्टीको शीर्ष निर्णय गर्ने निकायका सदस्य मिर्जा अब्बासलाई उनीहरुो घरबाटै पक्राउ गरेको बीएनपीको मिडिया शाखाका प्रमुख जहिरुद्दीन स्वपनले एएफपीलाई जानकारी दिए ।

‘उनीहरू सादा पोशाकका प्रहरी थिए । आलमगीरलाई उनीहरूको पहिचान थाहा थियो’ स्वपनले भने, ‘दुईलाई कहाँ लगियो भन्ने पार्टीलाई थाहा छैन ।’

ढाका महानगरीय प्रहरी प्रवक्ता फारुक अहमदले ती जोडीलाई बुधबारको झडपमा हिंसा भड्काएको र सरकारी काममा अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनालाई कामचलाउ सरकारअन्तर्गत नयाँ निर्वाचनको पक्षमा राजीनामा दिन माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय