latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी-प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तिमा १३१ नागरिकहरू नोभेम्बरमा एम२३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले फेला पारेको छ । पूर्वी उत्तरी किभु प्रान्तको रुत्सुहुरु जिल्लाको किशिशे र बाम्बो नामक दुई गाउँमा नरसंहार भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।

सो आक्रमण विद्रोहीहरूमाथि वर्तमान सरकारले गरेको आक्रमणको बदला भएको राष्ट्रसंघीय अनुसन्धानले जनाएको छ । एम २३ ले नरसंहार अस्वीकार गरेको गरेको छ । तर देशमा रहेको संयुक्त राष्ट्रसंघको मोनुस्को शान्ति मिसनले १०२ पुरुष, १७ महिला र १२ बालबालिकालाई विद्रोही समूहले ‘नागरिक जनसंख्याविरुद्धको प्रतिशोधको अंशको रूपमा’ ‘मनमानी रूपमा मृत्युदण्ड’ दिएको जनाएको छ ।

कम्तिमा २२ महिला र पाँच बालिका पनि बलात्कृत भएको प्रतिवेदनमा उल्लेख छ ।यो हिंसा एफडीएलआरलगायत एम २३ र अन्य सशस्त्र समूहहरू बीचको झडपको बदलास्वरूप रुट्सुर क्षेत्रका दुई गाउँहरू विरुद्ध हत्या, बलात्कार, अपहरण र लुटपाटको अभियानको एक भागको रूपमा गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ । मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय