latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, २४ मंसिर
गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसियाका
कतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ । क्रोएसियाले क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४–२ ले हराउँदै अन्तिम चार पुग्न सफल भएको हो ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेका थिए । यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

लिभाकोभिचले ब्राजिलका रोड्रिगोको प्रहार रोकेका थिए । यसैगरी मार्किन्होले प्रहार गरेको बल पोलमा ठोकिएको थियो । ब्राजिलको लागि कासेमिरो र पेड्रोले गोल गरेका थिए ।

क्रोएसियाका तर्फबाट निकोला भ्लासिच, लेभ्रो मायर, कप्तान लुका मोडरिच र मिस्लाभ ओर्सिचले पेनाल्टीमा गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय