latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, २३ मंसिर

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालार्ई धन्यवाद व्यक्त गर्न गाउँगाउँ पुगेका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेश सभा (क)मा निर्वाचित टकराज गुरुङ, (ख) मा निर्वाचित भेषबहादुर पौडेल गाउँगाउँमा पुगेका हुन् ।

निर्वाचनअघि मत माग्न गाउँ पुगेका उनीहरु निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुगेका छन् ।

प्रदेश सभा (क) मा निर्वाचित डा.टकराज गुरुङ र प्रदेश सभा (ख) मा निर्वाचित भेषबहादुर पौडेलले अधिकांश ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय