latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
पोखरा, २३ मंसिर

बतास अर्गनाइजेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोभिड महामारीका बेला बतासले अक्सिजन प्लान्ट खरिदका लागि चन्दा उठाएको थियो । कोरोनाकालमा प्लान्ट ल्याउन नसकेको बतासले दुई वर्षपछि अस्पतालमा प्लाण्ट हस्तान्तरण गरेको हो ।

बतास फाउन्डेसनले सुरुमा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट ल्याउने जनाएको थियो । सहयोग संकलन महाअभियानबाट तीन करोड ४५ लाख १७ हजार पाँच सय ५५ रुपैयाँ संकलन भएको थियो । त्यसमा बतास फाउन्डेसन र बतास अर्गनाइजेनसबाट ५५ लाख राखिएको फाउन्डेसनले जनाएको छ ।

निर्धारित समयभन्दा निकै ढिलो प्लान्ट ल्याउकोमा बतास फाउन्डेसनले क्षमा मागेको छ । ‘निर्धारित समयभन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भने हामी क्षमा प्रार्थी छौं,’ फाउन्डेसनका प्रवक्ता नारायण पौडेलले भने, ‘२०७८ जेठमा नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका थियौं । तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भयो ।’

पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा ढिलो भएको उनले बताए । एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि ल्याउन सम्भव नभएपछि जल तथा स्थल मार्गबाट ल्याइएको पौडेलले बताए । प्लान्ट खरिद र अभियान सन्चालनका लागि पोखराका पूर्वमेयर मानबहादुर जिसीको संरक्षकत्वमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास संयोजक बनेर काम गरेका थिए ।

प्लान्टले दैनिक एक सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने बताइएको छ । अस्पतालले आवश्यक पूर्वाधार निर्माण भएपछि प्लान्ट जडान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय