latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, २३ मंसिर

लमजुङमा दुई वर्षमा लैंगिक हिंसासम्बन्धी ६७ घटना दर्ता भएका छन् । करिब पाँच महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नौवटा अपराधका घटना घटेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि हालसम्म नौवटा उजुरी परेको हो ।

कार्यालयका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालू आर्थिक वर्षमा जबर्जस्ती करणीसम्बन्धी अपराधका चारवटा घटना भएको छ । जबर्जस्ती करणी उद्योगसम्बन्धी अपराध तीनवटा भएको छ । अवैध गर्भपतनसम्बन्धी एउटा र बाल यौन दुरुपयोगका घटना भएको श्रीमलले बताए ।

आर्थिक वर्ष २०७८–७९ मा ३२ वटा लैंगिक हिंसासम्बन्धी उजुरी परेको थियो । सो वर्ष सबैभन्दा धेरै जबर्जस्ती करणीसम्बन्धी २० वटा घटना परेको थियो ।

जबर्जस्ती करणी उद्योगको त्निवटा, बालविवाहसम्बन्धी एक, बहुविवाहसम्बन्धी पाँचवटा उजुरी परेको थियो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी दुईवटा घटना घटेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ मा २६ वटा घटना घटेको थियो । जबर्जस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो । जबर्जस्ती करणी उद्योगसम्बन्धी चारवटा, बहुविवाहसम्बन्धी पाँच वटा घटना भएको थियो । बोक्सीको आरोपसम्बन्धी एउटा र बाल यौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो ।

करिब साढे दुई वर्षको तथ्यांक हेर्दा ६७ वटा लैंगिक हिंसासम्बन्धी अपराध भएको पाइएको छ । विगतका वर्षाभन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ । नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले जनाएको छ ।

प्रहरीले हिंसा न्यूनीकरणका लागि समुदाय, विद्यालय, कलेजमा अभिमुखीकरण, अन्तरक्रिया, र्‍याली, रेडियो, टिभी कार्यक्रम, प्रहरी नागरिक हातेमालो कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दैआएको प्रनाउ श्रीमलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय