latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, २१ मंसिर

लमजुङमा चालु आर्थिक वर्षको चार महिलाको अवधिमा सवारी कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक कार्यालय लमजुङले चालु आर्थिक बर्ष २०७९/ ०८० को साउनदेखि कात्तिक महिनासम्म २२ लाख २२ हजार राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ३ हजार २ सय ५० सवारी कारवाहिबाट उक्त राजश्व संकलन भएको हो । साउन महिनामा पाँच सय ५० सवारीसाधान कारबाहीबाट ३ लाख ७८ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका सुचना अधिकारी राजाराम पौडेलले जानकारी दिए ।

साउनमा ट्रक, टिपर ६० वटा, बस ४२ वटा, जिपकार एक सय ५२ वटा, ट्याक्टर ३० वटा, मोटर साइकल २ सय ५१ र अन्य सवारी १५ वटा कारबाहीमा परेका थिए ।

त्यसै गरी भदौ महिनामा ट्रक, टिपर एक सय २३ वटा, बस ३९ वटा, जिपकार एक सय ९१ वटा, ट्याक्टर ६७ वटा, मोटर साइकल चार सय ११ र अन्य १९ वटा गरी ८ सय ५० सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट पाँच लाख ६९ हजार राजश्व संकलन भएको हो ।

असोज महिनामा ९ सय ५० सवारी कारबाहीमा परेका थिए, जसबाट ६ लाख २२ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । असोजमा १ सय १८ ट्रक/टिपर, ४८ बस, २ सय ४३ जिपकार, ५३ ट्याक्टर, ४ सय २५ मोटर साइकल र अन्य ५९ वटा सवारीसाधन कारबाहीमा परेका थिए ।

यसैगरी कात्तिकान ९ सय सवारीसाधन कारबाहीबाट ६ लाख ५२ हजार रुपैया राजश्व संकलन भएको कार्यालयका ट्राफिक प्रहरी सहायक हवालदार सुभास रानाभाटले बताए । उनका अनुसार कात्तिकमा १ सय १२ ट्रक/टिपर, २ सय ४ वटा बस, ८ सय ८२ जिपकार, ट्याक्टर दुई सय पाँच वटा, १ हजार चार सय १९ मोटर साइकल र १ सय २७ अन्य सवारी कारबाहीमा परेको थिए ।

गत आर्थिक वर्ष ०७८/ ०७९ मा आठ हजार सात सय ५० वटा सवारी कारबाहीमा परेका थियो । जसबाट ५६ लाख १६ हजार राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय