latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

सुधा देव/न्युज कारखाना

सप्तरी, २० मंसिर

राजविराज नगरपालिकामा दैनिक ज्यालादारी कर्मचारी न्युक्ति विषयमा समाचार लेखेकै कारण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सप्तरी सम्वाददाता अवधेश कुमार झालाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको छ ।

धम्की दिने व्यक्तिलाई कारबाहीको मागका लागि प्रहरीमा नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार उजुरी दिएको छ । महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएको पत्रकारको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको हो ।

पत्रकार झालाई समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक सञ्जालमा खुलेयाम ज्यान मार्ने खालको तस्बिर कोरेर त्रसित पारेका थिए ।

पत्रकार झाले मंसिर १७ गते कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेखेका थिए ।

नसरुल राजा र मो सजाद नामको फेसबुक आइडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि पत्रकार झा त्रसित भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय