latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
क्वालालम्पुर, २० मंसिर

इन्डोनेसियाको संसदले मंगलबार विवाहपूर्व यौनसम्बन्धलाई गैरकानूनी बनाउने नयाँ विद्येयक पारित गरेको छ । यो कदमलाई आलोचकहरूले देशको स्वतन्त्रतामा धक्का भएको बताएका छन् । विवादास्पद नयाँ फौजदारी संहिताको पक्षमा बहुमत सांसदले मतदान गरेपछि उपसभामुख सुफमी दासको अहमदले उक्त विद्येयक स्वीकृत भएको घोषणा गरेका थिए ।

नागरिक स्वतन्त्रता माथिको दमन र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल राष्ट्र कट्टरपन्थीतर्फ सरेको निन्दा गर्दै अधिकार समूहहरूले संशोधनको विरोध गरेका थिए । ‘हामीले बहस भएका महत्वपूर्ण मुद्दा र फरक मतलाई मिलाउन सक्दो प्रयास गरेका छौंँ । तर, हामीले दण्ड संहिता संशोधनबारे ऐतिहासिक निर्णय गर्ने र विरासतमा पाएको औपनिवेशिक फौजदारी संहितालाई छोड्ने बेला आएको छ’, कानून तथा मानवअधिकारमन्त्री यासोन्ना लाओलीले संसदमा भने ।

मंगलबार पारित भएको संहिताका केही विवादास्पद धाराहरूमा विवाहपूर्व र विवाहेतर यौन सम्बन्धका साथै अविवाहित जोडीहरूको सहवासलाई अपराधीकरण गरिएको छ ।
समलिंगी विवाहमा रोक लगाइएको इन्डोनेसियामा यी नियमहरूले एलजबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्न सक्ने डर पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय