latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २० मंसिर

हेली एभरेष्ट प्रालीले ६ जना पाइलटका लागि रोजगारी खुलाएको छ । हालै मात्र सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टलाई पाइलटको आवश्यकता परेको हो । उसले एस थ्री फाइब जिरो बी थ्री इ नामको हेलिकोप्टर उडानका लागि जनशक्ति मागेको हो । यो हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ ।

हेलीले दुई इन्स्ट्रक्टर पाइलट, दुई कप्तान र दुई प्रशिक्षार्थी पाइलटको लागि आवेदन खुलाएको छ । इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र दुई हजार घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने बताएको छ । कप्तानमा आवेदन दिन लाइसेन्सँगै दुई हजार उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थीको हकमा विना अनुभव भए पनि लाइसेन्स अनिवार्य भनिएको छ ।

गत असोजमा कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी-थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको थियो । अहिले कम्पनीसँग तीनवटा हेलिकोप्टर छन् ।
कोभिड संक्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकबाट हेली सेवाको मागलाई मध्यनजर गर्दै कम्पनीले हेलिकोप्टर थपेको थियो । तीन वर्षअघि नै हेलिकोप्टर थपेर क्षमता विस्तार योजना बनाएको कम्पनीले कोभिड संक्रमणका कारण थप्न सकेको थिएन ।

यो कम्पनीले सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइट लगायतको सेवा दिँदै आएको छ। हेलिकोप्टर खरिदका लागि कम्पनीले सिम्रिकसँग दुई महिना अगाडि नै सम्झौता गरेर प्रक्रिया सुरु गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय