latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कसैलाई थाहै नदिई सुटुक्क इन्गेजमेन्ट गरेकी चर्चित गायिका इन्दिरा जोशी अहिले चर्चामा रहेकी छिन् । कसैले अनुमान पनि गरेका थिएनन् कि उनी अफेयरमा छिन् र चाँडै इन्गेजमेन्ट गर्छिन् भन्ने ।

उनले सबैलाई आश्चर्यमा पार्दै फेसन डिजाइनर शरद केडिया संग खुम्बुमा पुगेर मायाको निशानी स्वरुप औँठी लगाईन् । हेलिकप्टर मार्फत खुम्बु पुगेर इन्गेजमेन्ट अनाउन्स गर्दा उनी एकदमै चर्चाको बिषय बन्न पुगिन् ।

सुटुक्क इन्गेजमेन्ट गरेका यो जोडी अहिले भने सार्वजनिक रुपमा खुलेर आउन थालेका छन् । प्रचारबाजी र मिडियालाई नराम्रो संग हावा खुवाएका यी जोडी खुम्बु आइसफलको रमाईलो पल पछि अरु तिर पनि देखिन थालेका हुन् । उनीहरु एक्कासी शनिबार दरबारमार्गको किंग्स लाउन्ज क्लबमा भेटिए ।

उनीहरुले यति बेला एकदमै मस्तिमा रहेका छन् । क्लबमा उनीहरु दई जना मात्र थिएनन् उनिहरुको साथमा संगीतकार न्यूह बज्राचार्य र भिजे सुशिल नेपाल पनि थिए । नेपाल आइडल देखी नै न्यूह र सुशिल इन्दिराका सबैभन्दा मिल्ने साथी बनेका हुन् । आफ्नो इन्गेजमेन्टको ट्रिट दिन मिल्ने साथीहरु लाई क्लबमा इन्दिराले बोलाएको हुन सक्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय