latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
तेहरान, २० मंसिर

इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ ।

नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार यस वर्षको डिसेम्बरसम्म इरानमा ५०४ जनालाई मृत्युदण्ड दिइएको छ । फाँसी दिइएको भनिएको व्यक्तिहरूको थप केसहरू पुष्टि गर्न काम आफूले गरिरहेको पनि समूहले जनाएको छ ।

अधिकारीहरूले सेप्टेम्बरदेखि इरानमा सुरु भएको शासन विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्डको सजायको व्यापक प्रयोग गर्ने चिन्ता बढ्दै जाँदा प्रछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

आईएचआरको गणनामा चार जना व्यक्तिहरू समावेश छन् जसलाई इजरायलको गुप्तचर सेवासँग काम गरेको अभियोगमा आइतबार मृत्युदण्ड दिइएको आधिकारिक सञ्चार माध्यमले जनाएको छ ।

उनीहरुलाई तेहरान बाहिर रहेको गोहार्डस्ट पनि भनिने राजाइ शहर कारागारमा मृत्युदण्ड दिइएको अधिकारवादी समूहले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय